×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकले कमायो ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

PRIME CA

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकले कमायो ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार

७ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा २१.७७% थोरै हो । गत वर्षको यसै अवधिमा यसले १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यता बैंकको वितरणयोग्य नाफा पनि ७८.३०% ले घटेर १३ करोड ८३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यसको बिवितरणयोग्य नाफा ६३ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकका अनुसार खुद ब्याज आम्दानी भने ५.०३% ले बढेको छ ।  सञ्चालन नाफा २१.३५% ले घटेको छ भने निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ९.५९% र १३.१०% ले बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ५९ पैसाले घटेर १२ रुपैयाँ ९४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: