×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंक लिमिटेडद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो खुद नाफा ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति विकास बैंक लिमिटेडद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो खुद नाफा ? (विस्तृत विवरणसहित)

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ज्योति विकास बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १२.५७% ले बढेर ३४ करोड ४० लाख रुपैयाँ कमाएको जनाएको हो । यो नाफा गत वर्षको भन्दा १२.५७% ले धेरै हो ।
गत वर्ष बैंकले ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आउँदा बैंकको वितरणयोग्य नाफा १० करोड रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी ४१.७३% र सञ्चालन नाफा १२.३५% ले बढेको छ । ज्योतिको खराब कर्जा बढेर १.४७% भएको छ ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३७ पैसा घटेर १६ रुपैयाँ १२ पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी