Skip to content
LAXMI SUNRISE BANK

२०.०८% ले सञ्चालन नाफा घट्दा नेपाल बैंकको खुद नाफा ४.९३% ले बढ्यो, प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसाले घट्यो

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सो अवधिमा खुद नाफा ४.९३% ले बढेर १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्ष यसै अवधिमा भने बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी १.८०% ले बढेको छ भने सञ्चालन नाफा २०.०८% ले घटेको छ । बैंकको रिजर्भ कोष पनि ६.४३% ले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । चुक्त पूँजी १४% ले बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि भने १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा आइपुगेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ भने २३८ रुपैयाँ १२ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK