काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले ३०% हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त हकप्रद सेयरका लागि यसले पुस २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । सो सेयरमा लगानीकर्ताले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ ।
यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ भने ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा कार्यालयहरु बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्