×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

PRIME CA

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आईतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ७ सय ६० रुपैयाँ तोकेको छ र प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३ सय ३० रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार १ सय १९ रुपैयाँ कायम गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: