Skip to content
LAXMI SUNRISE BANK

मानुषी लघुवित्त वित्तीय संस्थाको खुद नाफा १ करोड ५१ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले  चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सो नाफा कमाएको हो । कम्पनी अघिल्लो वर्षको यसै अवधिमा भने ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन् । खुद ब्याज आम्दानी २८.७६% ले बढेर ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने २ करोड ४० लाख २० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK