Skip to content
LAXMI SUNRISE BANK

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसे, नयाँ अध्यक्षका लागि आधा दर्जनको दौडधुप, कसले मार्ला बाजी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसेका छन् । उनी ४ वर्षे कार्यकाल सकिन एक हप्ता बाँकी रहँदै आज मंगलबारदेखि विदामा बसेका हुन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अध्यक्ष चापागाई मंगलबारदेखि विदामा बसेका हुन् । 
 चापागाई आग्रामी २३ गते औपचारिक रुपमा बीमा समितिबाट विदा लिनेछन् । उनलाई २०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकले बीमा समितिको अध्यक्षमा ४ वर्षक लागि नियुक्त गरेको थियो । यता उनिको कार्यकाल सकिएसंगै नयाँ अध्यक्षका लागि कसरत शुरु भएको छ । 

समितिको अध्यक्ष बन्न प्रतिष्पर्धाका लागि समितिका हालका अध्यक्ष चापागाईं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पूर्व अध्यक्ष टंक पनेरु, राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेल, चार्टर्ड एकाउन्टेन्ट महेश चापागाईं र श्रीमान कार्की लगायत मैदानमा उत्रिएका छन् । प्रतिष्पर्धीहरुले जित आफ्नो पोल्टामा पार्न आफू निकट शक्ति केन्द्रसँग हिमचिम बढाउन थालेका छन् । अहिले बजारमा समितिको अध्यक्षको रुपमा को आउला ? भन्ने चर्चा परिचर्चा चल्न थालेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK