×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : गोलभेंडा टिप्दै कञ्चनपुरका किसान, बैंकमार्फत भत्ता बुझ्न सास्ती खेप्दै ओखलढुंगाका वृद्धवृद्धा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : गोलभेंडा टिप्दै कञ्चनपुरका किसान, बैंकमार्फत भत्ता बुझ्न सास्ती खेप्दै ओखलढुंगाका वृद्धवृद्धा

Artha Sarokar

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले गोलभेंडा टिप्दै कञ्चनपुरका किसानदेखी बैंकमार्फत भत्ता बुझ्न सास्ती खेप्दै ओखलढुंगाका वृद्धवृद्धासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

बजार लगेर बिक्री गर्न गोलभेंडा टिप्दै बेलौरी नगरपालिका–३ पडावका किसान ।

सामाजिक सुरक्षा भत्ता बुझ्न महङ्गोे भाडामा सवारी रिजर्भ गरर र घण्टौं हिँडेर ओखलढुंगाको सदरमुकाम नजिकै बैंकमा आएका वृद्धवृद्धा । वडाका कर्मचारीमार्फत घरमै बसेर भत्ता बुझ्दै आएका वृद्धवृद्धा बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाएर भत्ता बुझ्न सास्ती भएको उहाँहरु बताउनुहुन्छ ।

पोखराको फेवाताल किनारमा चिया बेच्दै एक रोमानियाली नागरिक । नेपाली नाम कृष्ण बताउने उहाँ दुई वर्षदेखि नेपालमा बसेको र हाल चिया बेच्न थालेको बताउनुहुन्छ ।

बागलुङ नगरपालिका–८, सिगानाका किसानले लगाएको सुन्तलाका बिरुवा र ढकमक्क फुलेको तोरीबाली । सिगानामा एक वर्षमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन हुने गरेको छ ।

साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काममा खटिएका कामदार । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय १ नं प्रदेश अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रु ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटरखण्ड स्तरोन्नति थालिएको हो ।

बुढेसकालमा घर खर्च चलाउनका लागि अरुको भर नपरेर आफैं प्याजका बेर्ना तयार गरी कञ्चनपुरको झलारी बजारमा बेच्दै आएका जेष्ठ नागरिक । तीन वर्षदेखि यी जेष्ठ नागरिकले बजारको सडक छेउमा बसेर प्याजलगायत मौसम अनुसारका तरकारीका बेर्ना बेच्ने गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी