×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हालसम्म झन्डै १६ हजार जनाले लिए कोरोना बीमा दाबी भुक्तानी

PRIME CA

हालसम्म झन्डै १६ हजार जनाले लिए कोरोना बीमा दाबी भुक्तानी

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हालसम्म झन्डै १६ हजार जनाले कोरोना बीमा दाबी भुक्तानी लिएका छन् । बीमा समितिका अनुसार पुस १० गतेसम्म कुल १५ हजार ८७९ जनाले कोरोना बीमाको दाबी भुक्तानी लिएका हुन् ।विभिन्न बिमा कम्पनीमा कोरोना बीमा गराएका संक्रमितहरुले झन्डै १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँबराबरको दाबी भुक्तानी लिएको समितिले जनाएको छ । 
समितिका अनुसार २ हजार ५९३ जना कोरोना संक्रमित बीमाको दाबी भुक्तानी पाउने प्रक्रियामा छन् । दाबी भुक्तानीका लागि आवेदन परेकामध्ये ४ हजार ३१९ जनाको फाइल प्रमाणीकरणका क्रममा रहेको छ । गत चैत्रदेखि नेपालमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिएपछी समितिले कोरोना बीमा पोलिसी ल्याएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: