काठमाडौं । बैंकिङ कसूर मुद्दाको मुद्दा फरार रहेकी प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौं टोखा न.पा. ३, धनेश्वर बस्ने बर्ष ४१ की अम्विका बुढाथोकीलाई पक्राउ गरेको हो । उनले सिद्धार्थ बैंकको पैसा नभएको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।
उनलाई उच्च अदालत पाटनले २०७८ कात्तिक २३ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् । उनलाई अदालतले १७ लाख ४२ हजार ८७७ जरिवाना र ६ दिनको जेल सजाए सुनाएको थियो ।