×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण नतिरी भागेको अग्रवाल परिवार काठमाडौँमा, बिहिबारै बैंकका प्रतिनिधिसँग भेट हुँदै

PRIME CA
GLOBAL IME BANK

ऋण नतिरी भागेको अग्रवाल परिवार काठमाडौँमा, बिहिबारै बैंकका प्रतिनिधिसँग भेट हुँदै

२७ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकहरु र मिटरब्याजीहरुको ऋण तिर्न नसकेपछि भागेका ग्रीनलाइनका सञ्चालक ओमप्रकाश अग्रवालको परिवार काठमाडौं आइपुगेको पाइएको छ । बुधबार साँझ फोन सम्पर्कमा आएका उनीहरु बिहीबार प्रशासनिक काम सकेर बैंक ब्यवस्थापनलाई भेट्न खोजेको ऋणी दिएका बैंकका सदस्यले बताएका छन् ।
अग्रवाल दाजुभाई अभिषेक अग्रवाल र अमित अग्रवाल आज बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाका लागि पुगेका थिए। त्यसपछि जिल्ला अदालतमा रहेको लेनदेनसम्बन्धि मुद्दाको सुनुवाइमा सहभागी भएका थिए । यता हिजो अग्रवालकी छोरी रजनी अग्रवालले पनि आफ्नो बुबा सम्पर्कमा आएको भन्दै प्रहरीलाई सूचना दिएकी थिइन् ।
अग्रवाल परिवार सम्पर्कमा आएपछि बैंकहरु ऋण उठ्नेमा केही आशावादी देखिएका छन्। अग्रवाल परिवारले विभिन्न चार बैंकबाट ऋण लिएका थिए । यता बैंकहरुले ऋण उठाउनका लागि कानुनी कारवाही अगाडि बढाइसकेका छन्।एभरेष्ट बैंक, मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आइएमइ बैंकले उनीहरुलाई ऋण दिएका छन् । सबै बैंकले ऋण उठाउनका लागि लिलामी प्रकृया अगाडि बढाइसकेका छन्।
उनीहरुको ब्यापारमा एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी छ। यद्यपि मदिरा स्टक भएको गोदाममा एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले भने सिलबन्दी गरेका छन् । अग्रवाल परिवारले मिटर ब्याजमा पनि ऋण लिएका छन्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: