×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामुदायिक लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा ४६१.८८% ले बढाएर कमायो २ करोड ५८ लाख ७ हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सामुदायिक लघुवित्त वित्तीय संस्थाले गर्यो कमालको प्रगति, खुद नाफा ४६१.८८% ले बढाएर कमायो २ करोड ५८ लाख ७ हजार

Artha Sarokar

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ४६१.८८% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ करोड ५८ लाख ७ हजार रुपैयाँ पुगेको जनाएको हो । गत वर्षको सोहि अवधिमा यसले ४५ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै गत वर्ष ५२ लाख ३० हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको यस कम्पनीले यो वर्ष ३ करोड ९७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी १२.८६% ले बढेर ६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीले प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसाले बढाएर ३९ रुपैयाँ १ पैसा पुर्याएको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी