- अर्थ सरोकार सम्बाददता
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबीच अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाले यस महामारीबाट बच्नका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व कोषबाट उपलब्ध गराएको स्वास्थ्य सामग्री महानगरी ट्राफिक प्रहरी महाशाखालाई प्रदान गरेको छ । ती स्वास्थ्य सामग्री संस्थाका नायब महाप्रबन्धक दीपकनिधि तिवारीले महाशाखा प्रमुख एसपी जनक भट्टराई हस्तान्तरण गरेका थिए ।