Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएको हुन् । कम्पनीले सेयरको मूल्य र कित्ता भने उल्लेख गरेको छैन ।
संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजात सहित बुझाउन अनुरोध गरेको छ ।
सो समयमा संस्थापक सेयरधनीको आवेदन नपरेमा अन्य व्याक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी गराएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK