Skip to content
LAXMI SUNRISE BANK

जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा, लगानीकर्ताहरुले ७०% बोनस सेयरका साथमा कर तिर्न ३.६८% नगद पाउने (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले लगानीकर्ताहरुको लागि ७३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरुले पाउनेछन् । कम्पनीले गत असारमा कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK