×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको सेयर बजार : युनाइटेड हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबारको सेयर बजार : युनाइटेड हाइड्रोपावरमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

Artha Sarokar

९ फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २५.४१ अंकले बढेर २७१८.५१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा पनि युनाइटेड इदि मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गुराँस लघुवित्त, नेपाल हाईड्रो डेपलोपर, बुद्ध भुमि नेपाल हाइड्रोपावर र साहस उर्जाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको छ । नबिल डिबेन्चर २०८५ मा यस्तो गिरावट आउँदा कालिका लघुवित्त, ग्रामिण विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा जिवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिभम सिमिन्ट, साहस उर्जा र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी