×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आज डटकम र सगरमाथा खबर कालोसूचीमा, सञ्चालक भन्छन्, ‘अन्याय भयो…’ (विज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल आज डटकम र सगरमाथा खबर कालोसूचीमा, सञ्चालक भन्छन्, ‘अन्याय भयो…’ (विज्ञप्तिसहित)

Artha Sarokar

१३ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालआज डटकम र सगरमाथा खबरलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखेको छ । काउन्सिलले एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपाल आज डटकम र सगरमाथा खबर डटकमलाई कालोसूचीमा राखेको हो । जारी विज्ञप्ती अनुसार यो आर्थिक वर्षको फागुन १२ सम्म काउन्सिलमा विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी र आठवटा जनगुनासो दर्ता भएका छन् । त्यसमा हालसम्म ८१ उजुरी र चार जनगणना फछ्र्यौट भएका छन् ।

त्यस्तै, यो अवधिमा भएका १७१ स्वअनुगमन सामग्रीमध्ये १ सय ४९ वटा फछ्र्यौंट भएका छन् । काउन्सिलका अनुसार ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता÷सूचीकरण नभएका वेब पोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएको छ ।

यता प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राखेको विषयमा अनलाईनका सञ्चालक माधवप्रसाद गुरागाईले आपत्ति जनाएका छन् । काउन्सिलले नेपाल आज डटकमसहित दुई अनलाईनलाई कालोसूचिमा राखेको विज्ञप्ति जारी गरेपछि सञ्चालक गुरागाईले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै काउन्सिलको निर्णयप्रति आपत्ति जनाएका हुन् ।  उनले काउन्सिलले आफुलाई चीनविरुद्ध प्रकाशन भएका समाचारहरु हटाउन पटक पटक आग्रह गरेको तर आफुले नमानेपछि कालोसूचीमा राखिएको दाबीसमेत गरेका छन्।

हेर्नुहोस् काउन्सिल र नेपाल आज दुवैका विज्ञप्ति:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी