काठमाडौं । नेपाल प्रहरीले एनआईसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१ नक्साल भगवतीबहालस्थित सगरमाथा इन्स्योरेन्स भवनमा रहेको एनआइसी एशिया बैंकको एटिएम फोड्दै गरेका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङलाई गए राति पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले नगद चोरी गर्न एटिएम फोड्दै गर्दा बैंकको सुरक्षा प्रणालीमा घण्टी बजेर प्रहरीलाई खबर भएपछि प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेका तामाङसँग एटिएम फोड्न प्रयोग गरेका दुई थान औजारसमेत बरामद गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्