- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारणसभा आज (बिहीबार) भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सभाले संचालक समितिको बैठकले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।