Skip to content
LAXMI SUNRISE BANK

किन भएन आइतबार जाल्पा लघुवित्तको सेयर कारोबार ?

अर्थ सरोकार

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइतबार सेयर कारोबार नहुने भएको छ । प्रि ओपन सेसनमा कम्पनीको सेयर म्याच नभएपछि आइतबार कारोबार नभएको हो । त्यस अनुसार कम्पनीको सेयर सोमबार स्पेशल प्रि–ओपन सेसनमा कारोबार भएमात्रै रेगुलर सेसनमा कारोबार हुनेछ ।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको छ । जाल्पाको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता सेयर शुक्रबार सूचीकरण भएको हो । ‘जेएएलपीए’ संकेतमा यसको कारोबार खुला हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK