काठमाडौं । प्रहरीले बैंकिङ कसुरको मुद्दामा रौतहटका अरविन्द कुमार जैसवाललाई पक्राउ गरेको छ । पैसा नभएको प्रभु बैंकको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
३३ वर्षिय जैसवालले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७८/०८/१४ गते दोषी ठहर गरेको थियो ।
तर उनी त्यस यता फरार रहँदै आएका थिए । उनलाई अदालतले साढे ९ लाख जरिवाना र २ दिनको जेल सजाए सुनाएको थियो ।