Skip to content
LAXMI SUNRISE BANK

स्वतन्त्र पूँजी बजार संघको विज्ञप्ति- ‘टीएमएसमा किन समस्या आएको हो, तत्काल छानविन गरियोस्’

अर्थ सरोकार

काठमाडौँ । टीएमएसमा समस्या आएपछि नेप्सेले सोमबार दिउँसो १२ बजेर ५३ मिनेटदेखि कारोबार रोक्का गर्दा आम लगानीकर्ताहरु सेयर खरिद/बिक्री गर्नबाट बञ्चित भएको स्वतन्त्र पूँजी बजार संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै के कारणले  समस्या आएको हो सत्य तथ्य छानविन गरी बाहिर ल्याउनसमेत माग गरेको छ ।
आगामी दिनमा यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई जिम्मेवार हुन पनि विज्ञप्तिमा उल्लेख छ । यता आम लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत नियामकहरुलाई सो समस्याको प्रश्न गरिरहेका छन् भने नेप्सेले लगानीकर्तालाई टीएमएसको समस्या समाधानमा लागिरहेको बताए पनि कारोबार हुने अन्तिम समयसम्म पनि समस्या समाधान गर्न सकेन ।
जसबाट आज लगानीकर्ताले आफ्नो रणनीति अनुसार कारोबार गर्न पाएनन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK