×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त अवस्थामा रहेका औद्योगिक क्षेत्रलाई अभिभावकको अनुभुति गराउने उद्योगमन्त्रीको घोषणा ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समस्याग्रस्त अवस्थामा रहेका औद्योगिक क्षेत्रलाई अभिभावकको अनुभुति गराउने उद्योगमन्त्रीको घोषणा ! (भिडियो)

Artha Sarokar

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रहरुलाई राज्यसँग जोडेर अभिभावकत्व प्रदान गर्ने बताउनुभएको छ । बिहीबार मन्त्रीमा नियुक्त हुनुभएका यादवले कार्यभार सम्हाल्दै औद्योगिक क्षेत्रहरु हाल समस्याग्रस्त र चिन्ताग्रस्त अवस्थामा रहेकाले तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्नेकुराको अनुभुति गराउने बताउनुभयो । आफुले चुनौतीलाई अवसरको रुपमा परिणत गर्दै काम गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘औद्योगिक क्षेत्रहरु समस्याग्रस्त, चिन्ताजनक अवस्थामा छन् । तिनीहरुलाई राज्यसँग जोडेर अभिभावक छ भन्ने अनुभुति गराउने । चुनौतिलाई अवसरको रुपमा परिणत गर्ने ।’ मन्त्री यादवले यस मन्त्रालयमा टिमवर्कले काम गरी अरु मन्त्रालयको भन्दा छुट्टै र अरुको भन्दा राम्रो थिती निर्माण गर्न पनि कर्मचारीहरुमा आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी