Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको १६ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ वार्षिक साधारणसभा ?

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने चैत २ गते बुधबार अन्तिम दिन रहेको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न लागेको १६ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ४ गते बुक क्लोज गर्ने भएको छ ।

बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपछिको कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँबाट बोनस सेयर दिने भएको हो । यसमा कात्तिक २८ गतेसम्म कायम सेयरधनीलाई कर छुट हुनेछ । साथै त्यसपछि सेयर खरिद गर्ने लगानीकर्ताले भने नियमअनुसार कर तिर्नुपर्ने बैंकले जनाएको छ । बैंकको साधारणसभा चैत १८ गते शुक्रबार हुने भएको छ । सभा होटल पोखरा ग्राण्ड पोखरामा बिहान १०ः३० बजेदेखि हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK