×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकद्धारा १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक सेयर बिक्रिमा, सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकद्धारा १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक सेयर बिक्रिमा, सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आह्वान

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । बैंकले ६ जना संस्थापक सेयरधनीका १७ लाख ६२ हजार ९२४ कित्ता सेयर  बिक्रिमा ल्याएको  हो । जसमा बैंकले संस्थापक सेयरधनी ध्रुव चन्द्र धितालको ५ लाख ५७ हजार ५४९ कित्ता सेयर बिक्री गर्ने भएको भने सतिश कुमार मोरको ३ लाख ५२ हजार ८०० कित्ता, राज कुमार मोरको २ लाख ६८ हजार ८०० कित्ता, श्रवण कुमार मोरको नाममा २ लाख ५८ हजार ७७५ कित्ता, सुरेश प्रसाद चौधरीको २ लाख कित्ता र खगेन्द्र भट्टचनको १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बैंकले उक्त सेयरको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले चैत २ गते बुधबारबाट ३५ दिन भित्र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्ताले आवेनद दिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी