×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सामाजिक सञ्जालमा फैलिएको हल्लाले सेयर बजार प्रभावित भयो’ : अध्यक्ष हमाल

PRIME CA

‘सामाजिक सञ्जालमा फैलिएको हल्लाले सेयर बजार प्रभावित भयो’ : अध्यक्ष हमाल

अर्थ सरोकार

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितापत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले सामाजिक सञ्जालमा फैलिएको हल्लाले सेयर बजार प्रभावित हुने गरेको बताएका छन् । नागरिक लगानी कोषले ३२औँ वार्षिकोत्सको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् । उनले हल्लाकै भरमा बजारलाई प्रभावित हुन नदिन नागरिक स्टक डिलरजस्ता कम्पनीहरुको भूमिका महत्वपुर्ण हुने पनि बताएका छन् ।
पूँजीबजारलाई स्थायित्व दिने काममा नागरिक स्टक डिलरको भूमिका महत्वपुर्ण रहेको बताउँदै उनले त्यसमा सहयोग गर्न बोर्ड सधै तयार रहेको बताए । कार्यक्रममा अध्यक्ष हमालले नेपालको साक्षरतादर ७० प्रतिशतको हारहारीमा पुगेको बताए ।
यद्यपी भएतापनि वित्तिय साक्षरताको अवस्था भने कमजोर भएकोले सबैले हातेमालो गरेर वित्तिय साक्षरता बढाउनका लागि भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । यता अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा नागरिक लगानी कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । अर्थमन्त्री शर्माले नागरिक लगानी कोषजस्तै अन्य कोष पनि आवश्यक रहेको पनि बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: