Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपाल लाईफसहितका बीमा कम्पनीले टेरेनन् नियामकको नियम, समितिले गर्यो कारवाही

अर्थ सरोकार

काठमाडौं । बीमा समितिको नीति नियम भन्दा बाहिर गएर काम गर्ने १४ बीमा कम्पनी कारबाहीमा परेका छन् ।समितिले चालु आर्थिक वर्षमा तोकेको नियम विपरित कार्य गर्दै आएका विभिन्न बीमा कम्पनीलाई कारवाही गरेको हो । अर्धवार्षिक समिक्षाका क्रममा बीमा ऐन तथा बीमा नियमावली विपरित काम गर्ने १२ कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराइएको समितिले जनाएको छ ।
समितिका अनुसार परिपालन उल्लघंन गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीलाई कारबाही गरिएको छ । नेपाल लाइफलाई बीस हजार रुपैयाँ र प्राइम लाइफलाई दश हजार रुपैयाँ जरिवाना गरिएको हो । यता जनरल इन्स्योरेन्सको हकमा भने सञ्चालक समितिलाई कारबाही गरिएको छ ।
यस्तै समिले बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स, सन् नेपाल लाईफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, र सानिमा लाईफ इन्स्योरेन्सलाई १० हजारका दरले जरिवाना गरिएको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK