×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेँसीसहर-चामे सडक खण्ड थप १० दिन बन्द हुने, यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेँसीसहर-चामे सडक खण्ड थप १० दिन बन्द हुने, यस्तो छ कारण !

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे-बेँसीसहर-चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । “मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे-बेँसीसहर-चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

“सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी