×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संचालनमा आयो इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग, धितोपत्र बोर्डले दियो अनुमति

PRIME CA
GLOBAL IME BANK

संचालनमा आयो इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग, धितोपत्र बोर्डले दियो अनुमति

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालमा तेस्रो क्रेडिट रेटिङ्ग कम्पनी संचालनमा आएको छ । नेपाल धितोपत्र बोर्डले इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाललाई अनुमतिपत्र प्रदान गरेको हो । यो सँगै नेपालमा रेटिङ्ग एजेन्सीको संख्या ३ वटा पुगेको छ ।
भारतको प्रतिष्ठित रेटिङ्ग एजेन्सी इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि. को सहायक कम्पनीका रुपमा स्थापित उक्त कम्पनीको कुल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीको ५१ प्रतिशत सेयर हिस्सा इन्फोमेरिक्स भ्यालुएसन एण्ड रेटिङ्ग प्रा.लि.को रहेको छ भने नियम अनुसार बाँकी हिस्सा अन्य स्थानीय साझेदारको रहेको छ ।
राष्ट्र बैंकले ५० करोड भन्दा बढीको ऋणको लागिसमेत रेटिङ्ग गराउनुपर्ने व्यवस्था गरेसँगै नेपालमा थप नयाँ रेटिङ्ग कम्पनीको आवश्यकता महशुस गरिएको थियो । उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रबिन पुडासैनी रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: