काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा २ लाख ६६ हजार २५० कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।
यसमा बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । कम्पनीले जारी पूँजीको ३६% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । संस्थापक हिस्सा भने ६४% रहेको छ ।