काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा भोलि चैत १२ गते (शनिबार) हुने भएको छ । बैंकको केहि समय अघि बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेको हो ।
साथै सभा प्रयोजनका लागि कम्पनीले चैत २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।