×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउने, चैत १३ गतेसम्ममा सेयरधनी बनिसक्नुपर्ने

PRIME CA

अपि पावरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउने, चैत १३ गतेसम्ममा सेयरधनी बनिसक्नुपर्ने

अर्थ सरोकार

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले १०० रुपैयाँ दरले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । उक्त हकप्रद सेयर खरिद गर्नको लागि लगानीकर्ताहरुले चैत १३ गते आइतबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । अपिले चैत २५ गतेदेखि १ः०.३९३६ अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले सेयर बिक्रीका लागि चैत १४ गते सोमबारबाट बुक क्लोज गर्ने भएको छ ।

कम्पनीको उक्त हकप्रद सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकको काम भने मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: