×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको न्याभ घट्यो, ८० वटा कम्पनीको सेयरमा लगानी

PRIME CA

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको न्याभ घट्यो, ८० वटा कम्पनीको सेयरमा लगानी

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । फागुन महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ५० पैसाले घटेर १३ रुपैयाँ ७६ पैसामा कायम भएको छ । जुन माघ महिनामा १४ रुपैयाँ २६ पैसा थियो ।
फागुन मसान्तसम्म यसले विभिन्न म्युचुअल फन्डसहित ८० वटा कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा यसले २२ लाख ११ हजार ४०१ कित्ता सेयर होल्ड गरेको छ । यस अवधिमा यो फन्ड कुल ११ करोड ७६ लाख ५२ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
सो अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम पनि घटेर १ अर्ब ३५ करोड ८० लाख रुपैयाँमा आएको छ । यता, यसको बैंक मौज्दात भने १२ करोड १७ लाख रुपैयाँबाट बढेर फागुन महिनामा १२ करोड ९० लाख रुपैयाँ पुगेको छ । मुद्दति निक्षेपमा ६ करोड रुपैयाँ जम्मा गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: