×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकका कर्मचारी महालक्ष्मी विकास बैंकको सुनकाण्डमा तानिए, सिआईबीद्वारा पक्राउ !

PRIME CA

एनएमबि बैंकका कर्मचारी महालक्ष्मी विकास बैंकको सुनकाण्डमा तानिए, सिआईबीद्वारा पक्राउ !

अर्थ सरोकार

६ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरसहित तीन जना कर्मचारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ब्रान्च म्यानेजरसहित तीन जना सुनधितो काण्डमा पक्राउ गरेको हो ।
लगनखेलका सुन व्यापारीलाई कमसल धितो राखेर बढी ऋण दिएको भन्दै शाखाका ब्रान्च म्यानेजर अनिश सिंह सिजापति, पूर्व प्रबन्धक स्मृति राना र पिंकु पालिखेलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्यूरोका डिआईजी सहकुलबहादुर थापाले जानकारी दिए । ३९ बर्षिय पिंकु पालिखे हाल एनएमबी बैंकमा कार्यरत छन् भने ४२ बर्षीय स्मृति राना महालक्ष्मी विकास बैंकको मुख्य कार्यालयमा कार्यरत छिन् । 
यता सुन व्यापारी पूर्ण राई, देवानन्द राई र देवानन्दको सुन पसलका मिस्त्री सन्दिप लिम्बु भने यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरुलाई ऋण दिँदा तिनैजना शाखा प्रबन्धकले हस्ताक्षर गरेका थिए । मेनेजरसँगको मिलेमतोमा सुन व्यापारीले ७ करोड ४२ लाख बैंकलाई नोक्सान भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुलाई बैंकिङ कसुर मुद्दा चलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: