×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१०% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार ?

Artha Sarokar

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आज मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
यस कम्पनीले चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा १०% बोनस सेयर प्रस्ताव अनुमोदनका लागि पेश हुनेछ । कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५०% नगद लाभांश पनि वितरण गर्दैछ । सभाको लागि कम्पनीले आज चैत १५ गतेदेखि बुक क्लोज गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी