×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला, १० प्रतिशत ब्याज पाईने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकको २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला, १० प्रतिशत ब्याज पाईने !

Artha Sarokar

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज बुधबारदेखि प्राइम कमर्सियल बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको सो ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्रीमा ल्याएको कुल इकाईमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बाँकी १५ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गरिनेछ ।
१० वर्ष अवधिको सो ऋणपत्रमा वार्षिक ब्याजदर १०% तोकिएको छ । प्राइमले ‘१०% प्राइम डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । लगानीकर्ताले यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
यो डिबेन्चरमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी