×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू लिमिटेड र होटेल एडमबीच सम्झौता, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २०% छुट पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डू लिमिटेड र होटेल एडमबीच सम्झौता, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २०% छुट पाइने

Artha Sarokar

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटेल एडम पोखराबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २०५ छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहकहरुले होटेल एडम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २०५ छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटेल एडमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी