×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वडाअध्यक्षद्धारा मनमैजु माध्यमिक विद्यालयललाई दुई लाख नगद सहयोग, मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वडाअध्यक्षद्धारा मनमैजु माध्यमिक विद्यालयललाई दुई लाख नगद सहयोग, मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेतीविद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्तिअक्षयकोषको स्थापना गरेका हुन ।

वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुशी लागेको बताए । उक्तअक्षयकोषको नाम‘बलराम सिटौला छात्रवृत्तिअक्षयकोष’ राखिएको छ । मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्तकोषको स्थापना गरिएको हो ।

मिहिनेती विद्यार्थीहरुलाई उक्तकोषबाट छात्रवृत्ति प्रदान गरिने छ । वडाध्यक्ष सिटौला उक्त विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका छन । वडाध्यक्ष सिटौलाले दुई लाख रुपैयाँ नगद विद्यालयकी प्रधानाध्यापक रविना महर्जनलाई हस्तान्तरण गरेका हुन्

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी