×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ६.२० अंकले घट्यो नेप्से, ५ अर्ब १४ करोडमाथिको कारोबार, एनसीसी बैंकको सेयर सबैभन्दा धेरै किनबेच

LAXMI SUNRISE BANK

बुधबार ६.२० अंकले घट्यो नेप्से, ५ अर्ब १४ करोडमाथिको कारोबार, एनसीसी बैंकको सेयर सबैभन्दा धेरै किनबेच

१ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार ६.२० अंकले घटेर २०५५.२२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा १९९ कम्पनीको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड ४६ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार एनसीसी बैंकको भएको छ । यस कम्पनीको ३९ करोड ४३ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल  पुनर्बीमा कम्पनीको भएको छ । आज ५ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर र महुली सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी