Skip to content
LAXMI SUNRISE BANK

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लिखु खोला हाइड्रोपावर कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ । कम्पनीले आफ्नो सेयर प्रत्याभुति व्यवस्थापनको कार्य गर्न कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो । कम्पनीले जारी पुँजी तीन अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजीमध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता एक सय अंकित दरले सेयरको मूल्य ६२ करोड ५० लाख रुपैयाँको सेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो ।
सेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मंसिर ३० गते सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK