काठमाडौं । नेपाल बैंकर्स संघले अत्यावश्यकबाहेकको सामग्रीको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज आइतबार बसेको संघको बैठकले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेको हो ।
साथै सो बैठकले वैशाख महिनाका लागि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकले केहि दिन अघि मात्रै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेको र विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै विलासिताका वस्तुहरुको आयातको लागि एलसी नखोल्न निर्देशन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्