×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाओमी १२ र शाओमी १२एक्स नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाओमी १२ र शाओमी १२एक्स नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप फोन शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ । प्रयोगकर्तालाई कटिङ एज भिडियोग्रापिफ् र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको हो ।

शाओमी १२ र शाओमी १२एक्सबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फेटो खिच्न सकिन्छ । चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृश्य होस् । दुवै फोनमा बहुमुखी शुटिङका लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एमपी प्रमुख क्यामेरा छन् । जसले शाओमी १२ मा ८ के रेकर्डिङ क्षमता प्रदान गर्दछ । शाओमी १२ र शाओमी १२एक्सले १३एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, ५ एमपी टेलिम्याक्रो क्यामेरा सहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रधान गर्छ।

प्रभावशाली हार्डवेयरबाहेक यो फोनमा अत्याधुनिक एआई अल्गोरिदम छ । जसले प्रयोगकर्तालाई हरेक पल रेकर्ड गर्न पहिलेभन्दा सजिलो बनाउँदछ। शाओमी प्रो फोकसले वस्तुहरु पहिचान र ट्रयाक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरु रोक्न मद्दत गर्छ। शाओमी १२ र शाओमी १२ एक्स दुवै आँखा र अनुहार स्वतः फोकस पनि समावेश छ । यसका साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ ।

शाओमी १२ र शाओमी १२एक्स ८ जीबीं २५६जीबी भेरियन्टमा उपलब्ध छ। शाओमी १२ दुई रङ ग्रे र पर्पलमा उपलब्ध हुनेछ । शाओमी १२एक् तीन रङ ग्रे, पर्पल र निलोमा उपलब्ध हुनेछ।नेपाली बजारमा शाओमी १२ को  ९२ हजार ९९९ र शाओमी १२एक्सको  ७६ हजार ९९९ तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी