×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

PRIME CA

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरकार सम्बाददाता
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनीले साउन १ गते शुक्रबारदेखि लागू हुने गरी सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । आरबिबि मर्चेण्ट बैंकिङ कम्पनीको सेयर रजिष्ट्रारमा एक वर्षसम्म रहनेछ । कम्पनीको बैशाख १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यससँगै संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: