×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजार बढेका बेलामा पनि दिव्यश्वरको सेयर मूल्य ८ प्रतिशतले घट्यो, यी कम्पनीले पनि सर्वाधिक गुमाए…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बजार बढेका बेलामा पनि दिव्यश्वरको सेयर मूल्य ८ प्रतिशतले घट्यो, यी कम्पनीले पनि सर्वाधिक गुमाए…

Artha Sarokar

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै मंगलबारको सेयर बजारमा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । दिव्यश्वरीको सेयरमा यस्तो गिरावट आउँदा कालिका लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड र स्वाबलम्बन लघुवित्त मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा पनि नेष्डो लघुवित्त वित्तीय संस्था र ग्रिन भेन्चर्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मेगा म्युचुअल फण्ड–२, शिभ श्री हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी र ग्रिन लाईफ हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ ।यस कम्पनीको ६ करोड ३० लाख ६७ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अवि पावर कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, निफ्रा, नेपाल लाइफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी