Skip to content
LAXMI SUNRISE BANK

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँट, नपरेको सेयर वापतको पैसा आइतबार फिर्ता पाइने

अर्थ सरोकार

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट गरेको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो ।

जसमा न्यूनतम २०२ रुपैयाँ ६ पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा वैशाख ११ गतेदेखि फिर्ता पाउने बिक्री प्रबन्धकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK