काठमाडौँ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एस.ई.ई. दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एस.ई.ई. परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।
साथै, नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जस अन्र्तगत १ टिकटको खरीदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यस योजनामा सहभागी हुन नव विवाहित जोडीले आफू विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्