काठमाडौँ। नबिल बैंकको नयाँ सीइओमा ज्ञानेन्द्र ढुंगाना सीइओ हुने पक्कापक्की भएको छ । नबिल बैंक लिमिटेड र एनबिको बोर्डले केहि दिन अगाडी यसको छिनोफानो गरेको हो । यसअघि ढुंगाना एनबि बैंकको सीइओ थिए । नबिलका अहिलेका सीइओ अनिल केशरी शाहको अव लगभग १ महिनामात्र कार्यकाल बाँकी छ । शाहले छोड्ने, नबिल र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति प्रक्रियापनि सकिने समयमा नबिलले ढुंगानालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि ढुंगाना लगभग नबिलको सीइओ नहुने चर्चासमेत चलेको थियो । यद्यपी यो निर्णयमा बिनय रेग्मीको चरम असन्तुष्टी छ । उनले बरियताका क्रममा आफुलाई कुनै पनि हालतमा सीइओ बनाउनुपर्ने अडान राखेका छन् । उनी केहि समयभित्रै बैंकबाट अवकास लिने दिन आउंदै गरेकाले आफु सीइओ बन्नुपर्ने माग राख्दै आएका छन् । ढुंगानालाई सबैंकको सीइओ बनाउने फाइनल भएको विषयमा बैंकले रेग्मीलाई औपचारिक जानकारी दिएको छैन।
अनुपमा खुन्जेलीलाई डेपुटी बनाउन व्यवस्थापनले मानेन
यता बैंकको सीइओमा ज्ञानेन्द्र ढुंगानाको सम्भावना कम भएको चर्चा चलेपछि अनुपमा खुन्जेलीको नाम पनि बैंकको सीइओमा चर्चामा थियो । तर एनबि बैंकमा भएको कर्मचारीको लफडा, बिग्रिएका केहि फाइल लगायतका विषय टुंग्याउन भएपनि ज्ञानेन्द्र ढुंगाना नै बैंकको सीइओ हुनुपर्छ भन्ने कुरा नबिलमा उठेपछि खुन्जेलीको नाम बैंकको डेपुटी सीइओमा उठेको थियो । नबिल बैंक स्रोतलाई पत्याउने हो भने यसका लागि खुन्जेली पनि तयार थिइन् । एनबिमा ज्ञानेन्द्र ढुंगानाको जोडबलमा भुपेन्द्र पाण्डेलाई सिनियर डेपुटी सीइओ बनाइएको स्थितिमा यता नबिलमा पनि खुन्जेलीलाई सिनियर डेपुटी सीइओ बनाएर ल्याउने कुरा चलेको थियो । तर त्यसो गरिए आफु बैंक छोडेर जाने भन्दै नबिलको उच्च व्यवस्थापनका एक अधिकारीले धम्कीपूर्ण भाषा बोलेपछि अन्तत: खुन्जेलीलाई डेपुटी सीइओ नबनाउने निष्कर्षमा बैंक पुगेको छ ।
बिनय रेग्मी अवकासमा जाँदै, सुजितले नबिल छोड्दै, ज्ञवाली र पाण्डेको हैसियत समान !
यता नबिल बैंकमा कार्यरत हालका डेपुटी सीइओ बिनय रेग्मी केहि समयभित्रै अवकाश लिएर बैंक छोड्दैछन् । यता महिनामा १ पटक जसो बैंक छोड्ने हल्ला चल्ने गरेका सुजित शाक्य बैंक छोड्ने तयारीमा छन् । अर्को बैंकसँग कुरा मिलिनसकेको स्थिति भएर मात्र उनी बैंकमा छन् । बैंकमा उनको काम चित्तबुझ्दो नभएको भन्दै उनका थुप्रै जिम्मेवारीहरु हेरफेर र कटौती भईसकेका छन् । यहि कारण पनि उनीसकेसम्म सेफल्याण्ड गर्न खोजिरहेको नबिल स्रोतको दाबी छ । एनबिका भुपेन्द्र पाण्डे र र नबिलका मनोज ज्ञवालीको समान हैसियत हुनेगरी तयारी भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्