×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारको सेयर बजार : बरुण,नगडि र जाल्पामा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबारको सेयर बजार : बरुण,नगडि र जाल्पामा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

Artha Sarokar

२७ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नगदी ग्रुप पावरको भएको छ । यस कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा बरुण हाईड्रोपावर,नगडि ग्रुप पावर र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस युनिभर्शल पावर कम्पनी , दिव्याश्वरी हाईड्रोपावर र राधि विद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा एनआईबिल समृद्धि फण्ड -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । एनआईबिलको सेयरमा यस्तो गिरावट आउँदा उन्नति सहकार्य लघुवित्त,नबिल डेभेन्चर २०८५,गुराँस लघुवित्त र नबिल इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः 

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नगडि ग्रुप पावरको भएको छ । यस कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी,शिवम् सिमेन्ट र बरुण हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी