×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

 एनबिमा युनियनको आन्दोलन तुहिंदा भीआरएस पाउने-नपाउने सबैलाई मर्का, ‘निरिह’ बनेर दर्जनौं नबिल जाँदैछन्…

अर्थ सरोकार

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार

PRIME CA

 एनबिमा युनियनको आन्दोलन तुहिंदा भीआरएस पाउने-नपाउने सबैलाई मर्का, ‘निरिह’ बनेर दर्जनौं नबिल जाँदैछन्…

काठमाडौँ । नबिल बैंकसँग बिलय हुन लागेको नेपाल बंगलादेश बैंकमा कर्मचारीको आन्दोलन तुहींदा बैंकले सार्है कमजोर भीआरएस योजना सार्वजनिक गरेको छ । जसअनुसार भीआरएस पाउनेहरु पनि सन्तुष्ट भएका छैनन् भने भीआरएस नपाउनेहरु कि रित्तो हात घर फर्कने, कि निरिह भएर नबिल बैंक जानुपर्ने स्थितिमा छन् । बैंकले कर्मचारी समायोजन अगाडी नै बैंक छोड्न चाहानेहरुलाई भीआरएस स्किम ल्याए पनि, सो स्किममा कसैको पनि चित्त बुझाई छैन । एनबिकको आइतबार बसेको बैंक संचालक समितिको ३८९ औं बैठकले  ल्याएको भीआरएस स्किम अन्तर्गत  बैंकमा स्थायी भएर काम गरेको १५ बर्ष भएको भएको वा यहि जेठ ३१, २०७९ सालसम्म ५० बर्ष उमेर नाघेकाहरुका लागि यो योजना ल्याइएको हो ।
भीआरएस पनि नपाउने, नबिल जान पनि नचाहनेहरु निरिह बने
यता यस प्रकरणमा भीआरएस पनि नपाउने र नबिल बैंकमा घटुवा भएर जान पनि नचाहाने धेरै कर्मचारीहरु निरिह बनेका छन् । बैंकमा त्यस्ता धेरै कर्मचारी छन् जो बैंकमा केहि समय अगाडी मात्र प्रवेश गरेका थिए भने उनीहरु घटुवा भएर नबिल बैंक जान पनि चाहंदैनन् । यस्ता कर्मचारीको हकमा बैंकमा धेरैलाई मर्का नै परेको छ । तर बैंकले त्यस्ता कर्मचारीहरुलाई ‘जे सुकै गर’ भन्ने शैलीमा छोडीदिएको छ ।  भीआरएस रोज्ने कर्मचारीहरुलाई एक हप्ता भित्र नगद नै दिएर कर्मचारीलाई बिदा गरिने भएको छ ।
एनबि ले सार्वजनिक गरेको भीआरएस स्किममा कर्मचारीहरुलाई बिभिन्न चार तहमा विभाजन गरेर  योजना ल्याइएको छ । जसअनुसार उच्च तहको कर्मचारीले सो स्किम अनुसार १५ महिनाको आधारभुत तलब र भत्ता, अफिसर र म्यानेजर तहलाई १८ महिनाको आधारभुत तलब र एलाउन्सेस, सहायक तहलाई २१ महिनाको आधारभुत तलब रभत्ता र सहयोगी तहलाई २४ महिनाको आधारभुत तलब र भत्ता दिईने भएको छ ।
 
कर्मचारी युनियनले धोका दियो : एनबिका कर्मचारी 
यता भीआरएस पनि नपाउने र नबिल घटुवा भएर पनि जान नचाहाने कर्मचारीहरुले भने कर्मचारी युनियनले धोका दिएको आरोप लगाएका छन् । ‘पहिला आन्दोलन गरेजस्तो गरे । आफ्नो दुनो सोझिएपछि युनियनका नेता बैंककै पूर्व सीइओका मात्र मान्छे भए ।’ बैंकका एक उच्च तहका कर्मचारी भन्छन्, ‘हाम्रो बैंकको कर्मचारी युनियन र तिनका नेता कतिसम्म लोभी, र कमजोर रहेछन् भन्ने बल्ल थाहा भयो । तर थाहा हुँदासम्म हामीमाथि बैंकले अन्याय गरिसकेको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: