×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

PRIME CA
GLOBAL IME BANK

जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

९ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बीमा समिति समक्ष सहमतिको लागि निवदेन पेश गरेको थियो । बीमा समितिले सहमति दिएसँगै कम्पनीले सार्वजनिक रुपमा हकप्रद सेयर निष्कासन गर्ने जानकारी दिएको छ ।

कम्पनीको जेठ ६ गते अपरान्ह साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको हो । समितिबाट अनौपचारिक रुपमा सहमति पाएसँगै कम्पनीले स्वीकृतीका लागि बीमा समिति समक्ष अर्को निवेदन पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: